सन्नी लियोनी बिहीबार नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार नेपाल आउँदै छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म्  ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउने भएकी हुन् ।

फिल्मकाका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं ओर्लिने छिन् र साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नीको उपस्थिति रहनेछ।

 फिल्म ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्मलाईसम्राट बस्नेतले निर्देशन गरेका हुन्। फिल्मामा हिराल जोशी र अमित बस्नेतको लगानी रहेको छ । 

फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर