• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राष्ट्रिय सभा अध्यक्ष र आयरल्याण्डका सभामुखबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताए। दुई देशको सम्बन्ध, सहकार्य र अनुभव आदान प्रदानका लागि दुई देशबीच उच्चस्तरीय भ्रमण जरुरी रहेको उनको भनाई छ । 

सो अवसरमा तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न सभामुखमार्फत आग्रह  गरे ।  त्यसैगरी आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले नेपालको संसदको निमन्त्रणामा न्यानो आतिथ्यताका साथ भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर