• सोमबार ८-३०-२०७६/Monday 12-16-2019/ 06:15 am

दक्षिण अफ्रिकामा हिंसा भड्कियो, सात सयबढी विदेशीलाई सुरक्षित स्थलमा सारियो

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ । विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए ।

रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड शोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिए । यहाँ करिब २२८ जना शरणार्थी बालबालिका पनि रहेका छन् ।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए ।

रक्षामन्त्री मापिसाका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७०० व्यक्तिलाई गिरफ्तार गरिएको छ । गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् ।

उनले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताउनुभयो । यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कदै छन् । 

रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने बताए । सिन्हुवा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

  • २९ मङ्सिर, २०७६

गुवाहाटी । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये

बेलायत सरकारले मृत्युकाे सजाय सुनाएकाे माैरी भागेपछि

  • २९ मङ्सिर, २०७६

एजेन्सी । टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा त्यहीँको प्रजातिको मौरी पनि तीन हजार किलोमिटर पार गर्दै बेलायत आइपुगेको हो । तर लगेजमा

पतिको आत्महत्यापछि विक्षिप्त श्रीमतीले छोरीको हत्या गरेर आफूले पनि गरिन् आत्महत्या

  • २८ मङ्सिर, २०७६

नोएडा । भारतको राजधानी दिल्लीसँग जोडिएको नोएडामा शुक्रबार आठ घन्टाभित्र एक परिवारका तीन जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजे एक युवकले