सेयर बजार घट्यो, अधिकांश सुचक राताम्मे

काठमाडौं । बुधबार पनि सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । कारोबारमा आएका अधिकांश सुचक राताम्मे भएसँगै समग्र नेप्से सुचक घटेको हो । बुधबार नेप्से सुचक ३ दशमलव ४६ अंकले घटेर एक हजार एक सय ६३ दशमलव २१ को बिन्दुमा बजार बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार १७१ कम्पनीको ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँको १५ लाख ३ हजार ९२८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सोल्टी होटलको ४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

आज कारोबारमा आएका अधिकांश समूहमा गिरावट आएको छ । यसदिन म्युचुअल फण्ड बाहेकका सबै समूह ऋणात्मक रहेका छन् ।

यसदिन घलेम्दी हाइड्रोको सेयर तुलनात्मक रुपमा उच्च अंकले बढेको देखिन्छ । कम्पनीको ४ दशमलव ४१ प्रतिशतले घटेको हो । यता, सर्वाधिक गुमाउनेमा नबिल इक्विटी फण्डको लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ ६ दशमलव ६९ प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर