• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:15 am

जापानको विदेशमन्त्रीमा मोटेगी नियुक्त, कोरियाप्रतिको नीतिमा परिवर्तन नआउने संकेत

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ । 

शिन्जिरो  दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुन् । 

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पु¥याउने प्रधानमन्त्री बन्नेछन् । तर उनले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ । 

यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त भएका हुन् । उनलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ । 

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ । 

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिन्छन् । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिन्छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा भारतीय प्रधानमन्त्रीको मेगा कार्यक्रम ‘हाउडी मोदी’, ट्रम्प पनि उपस्थित हुने

  • ३० भदौ, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिना आफ्नो दोश्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाने भएका छन् ।  मोदीले २२ सेप्टेम्बरमा

अफगानिस्तान : तालिबान २४ लडाकूद्धारा आत्मसमर्पण

  • ३० भदौ, २०७६

फैजाबाद । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण

नेता किमद्वारा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो !

  • ३० भदौ, २०७६

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर राजधानी प्योङयाङ भ्रमणको निम्तो दिएका छन्