• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सरकारले अनावश्यक भ्रम छर्ने काम गर्यो–कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।  राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चीनिया विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरे ।

भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आ आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठुला ठुला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुन दाबी गरे । उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए ।

उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको दाबी उनले गरे । 

उनले ३५ करोड ६० लाखमा मनाङ्गमा एउटा अस्पताल बन्ने, आपतकालिन बसोबासका लागि ५ हजार टेण्टहरु उपलब्ध भएको र नेपालका सरकारी स्कुलमा भाषा पढाउनका लागि चिनिया मास्टर आउने बाहेक कुनै पनि उपलब्धि हासिल गर्न नसकिएको टिप्पणी गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर