• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

एक हप्तादेखि दुई बालिका बेपत्ता

सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । 

माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए ।

वलीले भने– “भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” । घरपरिवारले खोज तलास गरिदिनका लागि  वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको  त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर