भद्रगोल टिमको नयाँ सिरिज ‘सक्किगोनि’ आाउँदै

काठमाडौं । भद्रगोलमा ‘जिग्री’ले बोल्ने  ‘सक्किगोनि’ थेगोबाट नयाँ सिरिज आउँने भएको छ । उक्त सिरिजलाई पनि अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले नै लेखन तथा निर्देशन गर्ने भएका छन् । 

टेलिसिरियल नेपाल टेलिभिजनमै बिहीबार राति ८ः५० बजे प्रशारणमा आउनेछन् भने ओएसआर डिजिटलको युट्युबमा सिरियल हेर्न सकिनेछ । 

‘सक्किगोनि’मा ‘भद्रगोल’मा देखिँदै आएका अधिकांश कलाकार हुनेछन्। जिग्री– पाँडेसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), दीपक आचार्य, गोविन्द कोइराला, प्रियाना आचार्य (मुन्नी), सुबोध गौतम जस्ता चर्चित्र पात्रहरुको यसमा अभिनय रहनेछ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर