• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 01:01 pm

नेकपा सचिवालय बैठक : दल दर्ताको जिम्मेवारी महासचिव पौडेललाई

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सवै प्रक्रिया पुराएर यहि महिनाभित्रै दल दर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दलदर्ता गर्न आह्वान गरेको सन्दर्भमा यहि महिनाभित्रै सवै प्रक्रिया पुराएर दल दर्ता गर्ने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले उपनिर्वाचनको लागि दलहरुलाई भदौ मसान्तसम्म दल दर्ता गर्न मिति तोकेको थियो। 

यसअघिको निर्वाचनपछि तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकताभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । प्रवक्ता श्रेष्ठले दलदर्ताको सम्पूर्ण जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिने निर्णए भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सांगठानिक एकीकरणका बिषयमा अर्को बैठकमा छलफल हुने उनले बताए । 

सचिवालयको बुधबारको बैठक प्रधानमन्त्री निबासको माथिल्लो तलामा बसेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'गुटैगुट बनाएर आपसमा लड्न पार्टी एकता गरेका हौं त ? ' –प्रचण्ड (भिडियोसहित)

  • ६ असोज, २०७६

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेबोलेर मात्र देश अघि  नबढ्ने बताएका छन् । कम्युनिस्ट नेतृ सहाना

उद्योगका लागि प्रसारण लाइन र सबस्टेसनको निर्माण तीव्र

  • ५ असोज, २०७६

बुटवल । प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुदा पर्याप्त विद्युत नपाएको गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन मन्त्री पुनको आग्रह

  • ५ असोज, २०७६

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचार्ईमन्त्री वर्षमान पुनले स्थानीय जनताले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्