• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा सचिवालय बैठक : दल दर्ताको जिम्मेवारी महासचिव पौडेललाई

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सवै प्रक्रिया पुराएर यहि महिनाभित्रै दल दर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दलदर्ता गर्न आह्वान गरेको सन्दर्भमा यहि महिनाभित्रै सवै प्रक्रिया पुराएर दल दर्ता गर्ने निर्णय गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले उपनिर्वाचनको लागि दलहरुलाई भदौ मसान्तसम्म दल दर्ता गर्न मिति तोकेको थियो। 

यसअघिको निर्वाचनपछि तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकताभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । प्रवक्ता श्रेष्ठले दलदर्ताको सम्पूर्ण जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिने निर्णए भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सांगठानिक एकीकरणका बिषयमा अर्को बैठकमा छलफल हुने उनले बताए । 

सचिवालयको बुधबारको बैठक प्रधानमन्त्री निबासको माथिल्लो तलामा बसेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर