• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लिगलिगकोट–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

गोरखा ।  गोरखामा आयोजित म्याराथन दौडको उपाधि गोरखा, आरुघाटका ३६ वर्षीय भीमबहादुर गुरुङले जितेका छन् । गोरखाको लिगलिगकोटदेखि सिरानचोककोट हुँदै गोरखा दरबारसम्मको ४२ किलोमिटर दूरीको म्याराथन दौड गुरुङले ३ घन्टा १७ मिनेट २ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
रुकुमका दुर्गाराज बुढाले ३ घन्टा १७ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो र नेपाली सेनाका सविन तामाङले ३ घन्टा ३० मिनेट २ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भए । विजेता गुरुङले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएका बुढाले एक लाख र तेस्रो भएका तामाङले ७५ हजार रुपैयाँ पाए ।

द्रव्य शाहले गोरखाको राजगद्दी आरोहण गरेको दिन  १६१६ भदौ २५ गतेको दिनको सम्झनामा यो म्याराथन दौड आयोजना हुँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर