म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

बुटवल । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्ययन भ्रमण टोली बुटवलमा आएको हो । 

टोलीले  सामाजिक सुरक्षा कार्यक्रमबारे अध्ययन गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यानमारलेसमेत लागु गर्ने तयारी गरेको छ । सोही कार्यक्रमका बारेमा जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको टोली यहाँ आएको हो । 

म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना सहभागि टोलीले बुधबार बुटवल उपमहानगरपालिकाको अध्यय्न अबलोकन गरेको हो । उक्त टोली गत आइतबार देखि नेपालमा छ । टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको समेत अवलोकन गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर