लाटीकोइलीमा अस्थाई प्रहरी विट स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ऐतिहासिक एवं पर्यटकिय वडा ९ न‌ं वडाको लाटीकोइलीमा अस्थाई प्रहरी विटको स्थापना गरिएको छ । प्रहरी विटको स्थापना गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले नगरको पर्यटकिय वडामा सुरक्षाकालागि प्रहरी विट स्थापना हुनु महत्वपूर्ण भएको बताए ।

उनले नगरका १६ वटा वडा भन्दा ९ नं वडा फरक रहेको र लाटीकोइलीको तल्लो क्षेत्र बामे खोलालाई आधार बनाएर सुरक्षा का नयाँ रणनितीकालागि जिल्ला सुरक्षा समितिमा प्रकिया अघि बढेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख मोहनमाया ढकालले वडामा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र काँक्रेविहारलाई सार्थक बनाउनकालागि सबै नगरबासीले सोच्नुपर्ने र सुरक्षित बनाउनकालागि सबै लाग्नुपर्ने धारणा राखे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर