• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:17 am

झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि...

धादिङ ।  कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ । 

जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उपचार गर्ने भन्दै बिरामीको पेट चिर्ने गरेको तथ्य खुलेको छ ।

 नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगतसमेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले राससलाई बताए । 

कमलपित्तको बिरामी परेर उपचार गराइरहेका मगर झाँक्रीकामा उपचार गराउन गएका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । 

सोही बेला उपचारका लागि भनेर कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर पत्तीले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिए ।

 पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए । पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताए । 

करीब दुई महीनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ । कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । 

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ । 

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए ।

 ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिए । 

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारवाही गरिने बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

  • ३० भदौ, २०७६

कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएकाे छ । बझाङ, दार्चुला लगायतको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

आजका समाचार हाइलाइट्स ३० भाद्र, २०७६

  • ३० भदौ, २०७६

यसकारण कोसी उच्च बाँधको औचित्य अब सकियो काठमाडौं । तत्कालीन कांग्रेस नेता, पहिलो जननिर्वाचित प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै पालामा भारतले

वुद्ध एयरले भन्यो,–‘एकै ठाउँ उभिएर विवाद गर्दा बढि वजन भएर विमान ढल्किएको थियो’ (पत्रसहित)

  • ३० भदौ, २०७६

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा भएको भनिएको बिषयमा वुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । वुद्धले सोमबार नागरिक उड्डयन