• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:56 am

पर्यटकका लागि ७७७ सिँढी निर्माण

दैलेख ।  दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ । 

कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण गरिएको छ भने ९८१ मिटर पदमार्ग निर्माण गरिएको छ । 

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गका लागि डिभिजन वन कार्यालय दैलेखमार्फत रु १८ लाख ४४ हजार ८०० रकम विनियोजन गरिएको थियो । 

उपभोक्ता समितिको जनश्रमदान रु चार लाख ६५ हजार ५०० गरेर कूल २३ लाख १० हजारमा उक्त पदमार्ग निर्माण सम्पन्न भएको डिभिजनल वन कार्यालय दैलेखका योजना अधिकृत नवराज पौडेलले जानकारी दिएका छन् ।

पदमार्ग निर्माण सम्पन्न भएपश्चात यातायातका साधन र पैदलयात्रा गरेर दमौडा पुग्ने पर्यटक र यात्रुलाई कालीकोटको सिमानासम्म पुग्न धेरै सहज भएको छ ।

 हरेक वर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने शिव महावुधाममा पुगेर फर्कने यात्रुका लागि पदमार्गले निकै सहज बनाएको अनुगमन समिति संयोजक पदमा योगीले जानकारी दिएका छन् ।

महावै गाउँपालिका र महावु गाउँपालिकाका स्थानीय सरकारले महत्वपूर्ण पर्यटकीयस्थल महावुमा पर्यटकको वासस्थान, फोटो खिच्नका लागि भ्यू टावर, पानी र शौचालयको बन्दोबस्त गर्न सके पर्यटकको आर्कषण झनै बढ्ने योगीको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फलाम खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

  • ३१ भदौ, २०७६

काठमाडाै । सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ। नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

  • ३० भदौ, २०७६

कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार भूकम्पको धक्का महसुस गरिएकाे छ । बझाङ, दार्चुला लगायतको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

आजका समाचार हाइलाइट्स ३० भाद्र, २०७६

  • ३० भदौ, २०७६

यसकारण कोसी उच्च बाँधको औचित्य अब सकियो काठमाडौं । तत्कालीन कांग्रेस नेता, पहिलो जननिर्वाचित प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै पालामा भारतले