• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:19 am

कृषि ज्ञान केन्द्रको बजेट १० करोड ३५ लाख

भद्रपुर ।  कृषि ज्ञान केन्द्र झापाले कृषि क्षेत्रको विकासका लागि  १० करोड ३५ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार चालु खर्चतर्फ कृषि कार्यक्रममा रु आठ करोड ५८ लाख र प्रशासनिकमा एक करोड २६ लाख रुपैयाँ छुट्याइएको छ । पूँजीगततर्फ ५० लाख रुपैयाँखर्च हुने कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए । 

झापाको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा यसवर्ष कृषि कार्यक्रमतर्फ विभिन्न किसिमका खेती प्रवद्र्धन, क्षमता अभिवृद्धि, तालीम, गोष्ठी, अनुदान, कृषि औजार वितरण, अनुगमन, भ्रमण, पुरस्कारजस्ता शीर्षकमा बजेट विनियोजन गरिएको उनले बताए । 

कार्यक्रममा स्थानीय तह र कृषि ज्ञान केन्द्रबीच समन्वय नहुँदा एउटै समूह वा व्यक्तिले दुवैतर्फको अनुदानलगायतका सुविधा लिइरहेको पालिकाका प्रमुखहरुले गुनासो गरेका छन् । 

 एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफल रहेको झापामा ९८ हजार हेक्टर खेतीयोग्य जमीन रहेको छ । हाल ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको तथ्याङ्क छ । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम

  • ३० भदौ, २०७६

काठमाडौं । सरकारले उत्तर कोरियाली लगानी सञ्चालित व्यवसाय बन्द गर्न परिपत्र गरेको छ । उद्योग विभागले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्दै

पर्यटकीयस्थलमा पाहुना घर

  • ३० भदौ, २०७६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि

उच्च अंकले घट्यो सेयर बजार, १४९ कम्पनीका लगानीकर्ताले गुमाए

  • ३० भदौ, २०७६

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि बजार उच्च अंकले घटेको छ । पहिलो दिन आइतबार झण्डै १८ अंकले घटेको नेप्से सुचक सोमबार १६ दशमलव १८ अंकले घटेर १ हजार