• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 10:37 am

लामखुट्टे मार्न गन बोकेर  सांसद बस्तीमा 

भक्तपुर ।  भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन् । 

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेकासांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय भए । 

उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

 सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खैरो हेरोइनसहित युवती पक्राउ

  • १२ फाल्गुण, २०७६

काठमाडौं ।  नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको अबसरमा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले  नेपाली समाज