• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजका पत्रपत्रिका:फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ

आजका पत्रपत्रिकामा विभिन्न राजनीतिक र सामाजिक बेतिथीका विषयलाई प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ शिर्षकमा प्रमुख समाचार छापिएको छ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेका आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जादै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।  उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नतेलाई तीइन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।
अन्नपूर्णपोस्ट दैनिकमा चीन–अमेरिका द्धन्द्धमा नेपाल शिर्षकमा प्रमु्ख समाचार लेखिएको छ । नागरिक दैनिकमा १८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल शिर्षकमा प्रमुख समाचार लेखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर