• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अस्पतालमा गाेली चलाउने बार्सिलाेनाका खेलाडी जेल चलान

एजेन्सी । अस्पतालमा गोली चलाएका बार्सिलोनाका मिडफिल्डर आर्ड तुरनलाई जेल सजायको फैसला भएको छ । उनले गएको वर्ष एक गायकसँगको झगडापछि अस्पतालमा गोली चलाएका थिए । त्यतिबेला आर्डलाई घटनाका लागि क्लबले २५ लाख टर्किस लिना जरिवाना तिराएको थियो।

उनलाई अदालतले अवैध रुपमा गोली चलाएको, मानिसलाई आतंकित बनाएको तथा नियतबस घाइते बनाएको आरोपमा अदालतले जेल सजाय सुनाएको हो । उनीमाथि अदालतले दुई वर्ष ८ महिनाको जेल सजाय तोकेको छ । तर अबको पाँच वर्षभित्र अरु कुनै अपराध नगरेमा उनले जेल बस्नु पर्ने छैन ।

लोनमा टर्किस क्लब स्थानबुलमा रहेका उनले गएको वर्ष पप गायक बर्केयी जाहेन विवाद गरेका थिए । सो विवादले झडपको रुप लिएपछि उनले गायक जाहेनको नाक भाँचिदिएका थिए । ३२ वर्षका आर्ड फेरि अस्पतालमा गएर भूईँमा गोली चलाए ।

गाेली चलेकाे घटना गएको अक्टोबरको हो । उनले गायकी श्रीमतीमाथि टिप्पणी गरेका थिए, त्यसपछि विवाद भएको हो । आर्डले गायकको नाकमा हिर्काएपछि घाइते भएका जाहेनलाई अस्पताल लगिएको थियो ।

आर्ड बन्दुक लिएर अस्पतालमै पुगे । त्यसपछि जमिनमा गोली हानेका हुन् । उनी माफी माग्नका लागि बन्दुक लिएर अस्पताल गएको बताइन्छ । आर्डले बुधबार इन्स्टाग्राममा आफ्नो गल्तीका लागि माफी मागेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर