• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 06:30 am

 रक्तसञ्चार केन्द्रमै रगतको अभाव

राजविराज । राजविराज सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।  “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उनले बताए। बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत नहुँदा प्रत्येक दिन समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

अहिले रगत लिन आउने बिरामीका आफन्तहरुसँग रगत लिएर बिरामीको आवश्यकतालाई पूरा गरिरहेको उल्लेख गर्दै उनले ब्लड गु्रपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगतको अभाव देखिन थालेको बताए ।
 
 राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच÷सात युनिट रगतको माग रहेको जानकारी गराउँदै इन्चार्ज झाले रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई आह्वान गरे।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पच्चीस वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य सेवा

  • ५ फाल्गुण, २०७६

भद्रपुर ।  झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै

सस्तो काउलीको स्वादिलो अचार बनाउले सजिलो विधि

  • ३ फाल्गुण, २०७६

काठमाडौं  । नेपाली बजारमा काउलीको मूल्य निकै घटेको छ ।  काउलीको तरकारी मात्र होइन अचार पनि उतिकै स्वादिलो हुन्छ ।  वैज्ञानिक अध्ययनहरुबाट काउली

कोरोना भाइरसको औपचारिक नाम राखियो - कोभिड–१९

  • २९ माघ, २०७६

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नाम कोभिड–१९ राखेको छ । ‘अब उक्त रोगको नाम कोभिड–१९