• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 03:04 pm

८१ वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक पक्राउ

तस्विरः बिबिसी

एजेन्सी । ८१ वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिको नाम जयेश पटेल भएको भारतीय अधिकारीहरूले बताएका छन्। उनको वास्तविक उमेर ३२ वर्ष हो।

उनी अमेरिकाको न्यूयोर्क जान विमान चढ्न लागेका बेला नक्कली राहदानीसहित पक्राउ परेका हुन। फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने, ‘उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो।’ दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो।

अधिकारीहरूले मागेपछि वाहकको नाम अम्रिक सिङ भएको राहदानी उनले दिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ र जन्मस्तान दिल्लीमा उल्लेख थियो।

‘यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमेर सँग मेल खाएजस्तो देखिएन’, सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने। सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।

लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ। भारतका प्रहरी अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थियो।

एनडीटीभीको रिपोर्टअनुसार उक्त दलालले पटेलको हुलिया बदल्ने व्यवस्था मिलाइदिएको थियो। ‘रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन’, प्रहरी अधिकारी सञ्जय भाटियाले भने।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२०९ वर्ष पुरानो चिहानमाथि रेल्वे स्टेसन बन्ने, ६५ सय कंकाल निकालिँदै

  • ६ असोज, २०७६

बर्मिंघम । बेलायतको बर्मिंघमस्थित चिहानमाथि एचएसटु रेल्वे स्टेसन बन्ने भएको छ । रेल्वे स्टेसन निर्माणका लागि ६५ सय कंकाल निकाल्न थालिएको छ । कंकाल

तापक्रम विश्वव्यापी बढ्दै, नयाँ उपायको खोजी गर्न आग्रह 

  • ६ असोज, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा उष्णता बढ्दै गएको जलवायु सम्बन्धी आइतबार प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टले देखाएको छ । जलवायु परिवर्तन सम्बन्धी

ट्रम्प र मोदीले गरे एक अर्काेकाे प्रशंसा

  • ६ असोज, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको