• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सशस्त्र प्रहरीमा सातवटा प्राविधिक पदमा भर्ना खुल्याे

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न प्राविधिक पदहरुमा भर्नाका लागि आवेदन आह्वान गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आवेदन माग गरिएको हो ।

सशस्त्र प्रहरी बल भर्ना छनोट शाखा हलचोकले जारी गरेको सूचनामा विभिन्न ७ वटा प्राविधिक पदहरुमा भर्ना आह्वान गरिएको छ । शसस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा भर्ना आह्वान गरिएको हो ।

प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (ण्कार्डियोलोजी), प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (नेफ्रोलोजी), प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (न्यूरोसर्जन), प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (न्यूरोलोजी), प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (जेनेरल फिजिसियन), प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (इएनटी सर्जन) र प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (मेडिकल जेनेरेलिस्ट) पदमा भर्ना आह्वान गरिएको हो । 

अन्य पदहरुमा एक/एक जना र प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (मेडिकल जेनेरेलिस्ट) पदमा दुइ गरी जम्मा ८ सिटमा भर्ना आह्वान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर