• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 07:55 am

तीन डोजरमा आगजनी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिनुभयो । उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन् । 

आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । 

विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ । घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘संविधान संशोधन अदालतको क्षेत्राधिकार होइन’

  • ७ फाल्गुण, २०७६

काठमाडाैँ । सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ। संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको

सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री भट्ट

  • ६ फाल्गुण, २०७६

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताएका छन् । प्रदेश सरकार गठन भएको दुई

एमसीसी कार्यान्वयन हुन सक्दैन : नेता पोखरेल

  • ६ फाल्गुण, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन् । हाम्रो एकता