• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 01:51 am

इच्छाकामना गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

मुग्लिन ।  चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारको अनुदानमा  १० लाख ४७ हजार ३५५ रुपैयाँ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । 

“गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्”, अध्यक्ष गुरुङले भने, “यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ । 

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन् । इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्ने र त्यहाँ दुर्घटना बढी हुने गरेको छ । 

इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था रहँदै आएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुदाँ स्कारपियो र टाटा सुमोले बिरामी बोक्दै आएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पच्चीस वर्षदेखि निरन्तर निःशुल्क स्वास्थ्य सेवा

  • ५ फाल्गुण, २०७६

भद्रपुर ।  झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा खोलिएको जैन होमियोपेथिक चिकित्सालयले २५ वर्ष अघिदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै

सस्तो काउलीको स्वादिलो अचार बनाउले सजिलो विधि

  • ३ फाल्गुण, २०७६

काठमाडौं  । नेपाली बजारमा काउलीको मूल्य निकै घटेको छ ।  काउलीको तरकारी मात्र होइन अचार पनि उतिकै स्वादिलो हुन्छ ।  वैज्ञानिक अध्ययनहरुबाट काउली

कोरोना भाइरसको औपचारिक नाम राखियो - कोभिड–१९

  • २९ माघ, २०७६

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नाम कोभिड–१९ राखेको छ । ‘अब उक्त रोगको नाम कोभिड–१९