बाफिया, राष्ट्र बैंक ऐनसहित ४ विधेयक संसदमा

काठमाडौं । बुधबार चार विद्येयक संसदमा दर्ता भएका छन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएका हुन् ।

संसदमा दर्ता भएको विधेयक सम्बन्धित समितिहरुमा छलफल तथा संशोधनका लागि जाने छ । सम्बन्धित समितिमा छलफलपश्चात आवश्यकता अनुसार संशोधन हुनेछ । त्यसपछि उक्त विद्येयक पूर्ण सदनमा पेस हुनेछ । 

दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट उक्त विद्येयक पारित भएपश्चात राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वनमा आउनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर