शो बाट २० दिन बिदा लिँदै कपिल शर्मा

एजेन्सी । कपिल शर्मा छिट्टै पिता बन्दै छन् । श्रीमती गिन्नीसँग समय बिताउन उनले ’द कपिल शर्मा शो’ बाट १० दिनका लागि बिदा दिएका थिए । साथै उनी श्रीमतीसँग क्यानडा गएका थिए । उनले क्यानडा जाँदै गरेका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । 

कपिल शो मा आएको केही दिन भएको छ, तर, उनी पुनः च्यानलसँग बिदा मागेका छन् । उनले २० दिनको बिदाको निवेदन दिएका छन् । 

परिवर्तन भए कपिल शर्मा 

भारतीय मिडियाले जनाएअनुसार कपिल शर्मा पिता बन्ने खबरसँगै उनी परिवर्तन भएका छन् । उनको व्यवहारमा पूरै परिर्वतन देखिएको छ । सुरुका दिनमा धेरै काम गर्ने कपिल पछिल्लो समय सेटको सुटिङमा पनि चुप रहने गरेका छन् । केही समय पाउँदा उनी  श्रीमतीसँग गफ गर्न र भेट्न जान थालेका छन् । 

उनले च्यानललाई भनेका छन् । उनी श्रीमतीको साथमा रहन चाहन्छन् । उनी आफू बिदा बसेको समयमा शोलाई कुनै असर नपरोस् भन्नका लागि अग्रिम रूपमै शोको सुटिङ गराउने तयारीमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर