लघुवित्तले जारी गर्ने आइपिओको ५० प्रतिशत हिस्सा ऋणीलाई

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गर्ने साधारण सेयर (आइपिओ) को ५० प्रतिशत हिस्सा आफ्ना सेयर सदस्यका लागि निष्काशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संघिय संसदमा उक्त विधेयक प्रस्तुत गरेका छन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयकको तीन महलेको बुँदा  नम्बर २ मा भनिएको छ, 'घ वर्गका लघुवित्त संस्थाले सर्वसाधारणलाई बिक्री वितरणका लागि छुट्याएको सेयरलाई शत प्रतिशत मानी उक्त सेयर मध्येबाट बढीमा ५० प्रतिशतसम्म सेयर आफ्ना सदस्यको लागि छुट्याउन सक्नेछन् ।'

 

 

बाफिया, राष्ट्र बैंक ऐनसहित ४ विधेयक संसदमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर