• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 06:42 am

आगामी तीन दिन मनसुन सक्रिय

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकाले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम सुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताए । न्यूनचापीय रेखासँगै बंगलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको छ । 

आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । ‘वर्षा निरन्तर नभर्इ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ,’ मौसमविद् प्रधानांगले भने  ।  

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्न सक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू– भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै शनिबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री भट्ट

  • ६ फाल्गुण, २०७६

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताएका छन् । प्रदेश सरकार गठन भएको दुई

एमसीसी कार्यान्वयन हुन सक्दैन : नेता पोखरेल

  • ६ फाल्गुण, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन् । हाम्रो एकता

कञ्चनपुरमा नवजात शिशुको शव भेटियो

  • ६ फाल्गुण, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाउँ कालीपुल नजिक एक नवजात शिशुको शव भेटिएको छ । मंगलवार भीमदत्त नगरपालिका–५ बनगाउँस्थित कालीपुल