'सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरेको छ'–मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताएका छन् । चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हुँदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताए ।

हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको बताउँदै उनले भने,‘सरकारले अनुमति दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पस समस्यामा छन् ।’ सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उनले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको बताए ।

प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले रु २० लाख सहयोग गरेको छ । आउँदा दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने उनले आश्वासन दिए । कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले विसं २०४५ मा स्थापना भएको क्याम्पसमा हाल तीन हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर