• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

यू–१६ राष्ट्रिय फुटबल टोली जोर्डन प्रस्थान

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ ।

सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले यही भदौ २८ गते आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, नेपालले आफ्नो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रींकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्  । नेपाली टोलीको गोलरक्षकमा मनोज दहाल, जेनियस केसी, पाथुङहाङ नेम्वाङ छन् भने डिफेन्डरमा अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद छन् । 
    
त्यसैगरी, मिडफिल्डरमा नितेश श्रेष्ठ, क्रिस्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री छन् भने स्ट्राइकरमा शशांक बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर