• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ'

डेंगुबारे यथाशीघ्र जवाफ दिन सरकारलाई समामुखको रुलिङ

काठमाडौं । डेंगुबाट मुलुकभरका जनता प्रभावित हुँदासम्म सरकार मौन रहेको भन्दै सांसदहरुले कडा आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले यस बिषयमा तत्काल सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । बैठकमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा डेंगुले महामारीको रूप लिँदा पनि नेपाल सरकार नबोलेको बरु अमेरिकी सरकार बोलेको तर्क गरे ।

 उनले भने, 'डेंगुको सवालमा यो सरकार बोल्दैन, अमेरिकी सरकार बोल्छ। यो भन्दा लज्जास्पद के हुन्छ? आँखाका चिकित्सक सन्दुक रुइतसमेत बिरामी पर्नुभयो। कति मान्छे मरेपछि सरकार बोल्ने हो र मरेकाको कस्तो व्यवस्था गर्ने हो र कति सांसद बिरामी भएपछि सरकार बोल्ने हो ?'

नेकपाका सांसद खगराज अधिकारीले प्रकोप भए सरकारको स्वास्थ्य मन्त्रालय र सम्बन्धित स्वास्थ्य संस्थाहरूले नियन्त्रण गर्नुपर्ने बताएका थिए। सांसदहरूले पटक पटक उक्त कुरा उठाएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई डेंगुबारे यथाशीघ्र जवाफ दिन रुलिङ गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर