• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नाइजर अपडेट : बाढीबाट १ लाख ३० हजार प्रभावित

एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण १ लाख ३० हजार मानिस प्रभावित भएका छन् । 

यस बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ ।  सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र  दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ  ।  

नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ ।
 
नाइजरमा गत वर्ष पनि बाढी पहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर