• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:48 am

एनओसीकोे निर्वाचन शनिबार

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्रािष्ट्रय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । 

यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । 

सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । 

रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । 

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् । 
    
त्यस्तै कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसक्नुभएको छ । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म्यानचेस्टर युनाइटेडको सहज जित

  • १२ फाल्गुण, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० ले पराजित गरेको छ ।  म्यानचेस्टर

पिएसजीको शानदार जित, नेइमारलाई रातो कार्ड

  • १२ फाल्गुण, २०७६

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बोर्डक्सलाई ४–३ ले पराजित गरेको छ । पिएसजीका लागि

पोखरा रङ्गशाला चैतभित्र सम्पन्न हुने

  • ११ फाल्गुण, २०७६

पोखरा । आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा