• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेकपा भातृ संगठन युवा संघ नेपालद्वारा ३३५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले पार्टीको अनुमतिबाट केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले दिएको ३३५ सदस्यीय केन्द्रीय समितिको सिलिङभन्दा बढीको संखयामा केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । 

तत्कालिन युवा संघ नेपाल र वाइसिएल नेपालका निर्वाचित सदस्यलाई समेट्ने उद्देश्वरुवरुप उक्त सहमति भएको हो । 

युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका ११५ जना रहने सहमति भएको छ ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहने छन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमति समेत भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर