• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतीय क्रिकेटर धोनीले आज संन्यास लिन सक्ने

कप्तान विराट कोहलीले दिए यसको संकेत

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले क्रिकेटबाट संन्यास लिने खबर बाहिरिएको छ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्विट गर्दै यस कुराका संकेत गरेका छन् । धोनी अहिले टिमबाट बाहिर छन् । उनी इंग्ल्यान्डमा भएको विश्वकपपछि टिमबाहिर छन् । 

धोनी पछिल्लो समय भारतीय सेनामा रहेर सेवा गर्न इच्छुक थिए । उनी लेफ्टिनेन्ट कर्णेल (मानद उपाधि) को ट्रेनिङ गर्न चाहेको कुरा बताएका थिए । उनी जम्मु–काश्मिरबाट ट्रेनिङ गरेर फर्किएपछि अमेरिका गएका थिए, जहाँ उनले गल्फ खेलिरहेको देखिएको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर