प्यान लागू गर्ने सन्दर्भमा बीमा समितिको यस्तो निर्देशन

काठमाडौं । बीमा समितिले स्थायी लेखा नम्बर प्यान अनिवार्य रुपमा लागू गर्न बीमा कम्पनीहलाई निर्देशन दिएको छ । समितिले आइतबार एक निर्देशन जारी गर्दै बीमा क्षेत्रमा काम गर्ने बीमा अभिकर्ता, बीमा कम्पनीका सर्भेयर, कर्मचारीहरुलाई अनिवार्य प्यान नम्बर लिन निर्देशन दिएको हो । 

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, 'आय कर ऐन, २०५८ तथा आय कर नियामवली, २०५९ मा स्पष्ट व्यवस्था भए बमोजिम जीवन, तथा निर्जीवन र पूनर्बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई स्थायी लेखानम्बर नलिएको भए सम्बन्धित आन्तारिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिई बीमकको कार्यालयमा पेस गर्न र निजहरुको नाममा कट्टि भएको रकम सम्बन्धित स्थायी लेखा नम्बर उल्लेख गरि दाखिला गर्ने गराउने व्यवस्था मिलाउन निर्णयानुसार जानकारी गराइन्छ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर