• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

इन्द्रजात्रा अवलोकन गर्न अन्तर्राष्ट्रिय ३ सहरका मेयर काठमाडौंमा, २ जना भोलि आउने 

काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न आज अन्तराष्ट्रिय ३ वटा नगरका प्रमुख तथा उपप्रमुख काठमाडौं आइपुगेका छन् । बिहीबार बिहान ११ बजे चीनको ल्हासाका मेयर गुहेओ गुहेओ र लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ् प्रतिनिधिमण्डल सहित अन्तरराष्ट्रिय बिमानस्थलमा आइपुगेका थिए भने १२ बजे भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे आइपुगे । 

ल्हासा नगरबाट मेयरसहित ४ जना, लाञ्जाउबाट उपाध्यक्षसहित ६ जना र थिम्पुबाट मेयरसहित ३ जनाको टोली काठमाडौं आएको हो । उनीरुलाई महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बिशिष्ट कक्षमा स्वागत गरिन । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले इन्द्रजात्राको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षमा जानकारी गराएकी थिइन । 

जात्रा अवलोकनका लागि भोलि बिहान भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा र बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकनको नेतृत्वमा टोली काठमाडौं आइपुग्ने, महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले जानकारी दिए । 

मेयरहरुसहित चीनको सियान नगरबाट ३ जना, छेन्दुबाट ४ जना, सेञ्जेन ४ जना, नान्जिन नगरबाट ६ जना, लाञ्चाउबाट ६ जना, जापानको मात्सुमोतो नगरबाट २ जना, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग नगरबाट २ जना र बोल्डर नगरबाट ३ जनाको टोली जात्रा अवलोकनका लागि काठमाडौं आइ पुगिसकेको छ । उनीहरुलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर