गभर्नर र डेपुटी गभर्नरलाई पनि उमेर हद

काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालक गभर्नर र डेपुटी गभर्नरलाई पनि उमेरहद लागु हुने भएको छ । बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संघिय संसदमा पेश गरेको नेपाल राष्ट्र बैंक ऐन २०५८, संशोधन गर्न बनेको विधेयकमा  यस्तो व्यवस्था गरिएको हो । 

मन्त्रीपरिषद्ले स्वीकृत गरेर संघिय संसद प्रतिनिधीसभा पेस भएको उक्त विधेयकमा केन्द्रिय बैंकको संचालक गभर्नर र डेपुटी गभर्नर हुनको लागि ३५ वर्ष उमेर पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ । हाल कार्यान्वयमा रहेको ऐनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुने ब्यक्तिको उमेर हद तोकिएको छैन । 

त्यस्तै, गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्ने व्यवस्थामा नयाँ बुँदा समेत थप गरिएको छ । हाल कार्य क्षमताको अभाव भएमा भन्ने शब्द पछि राष्ट्र बैंकको काम कारवाहीमा अनावश्यक ढिलासुस्ती गरेमा वा निर्णय गर्नुपर्ने विषयमा विलम्ब गरेमा भन्ने शब्द थप गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर