चाडपर्वमा उपभोग्य वस्तुमा गुणस्तरीयता र सुपथ मुल्य कायम राख्न प्रदेश सरकारको जोड

बुटवल  । चाडपर्वमा जनताले दैनिक उपभोग्य बस्तुमा गुणस्तरियता र सुपथ मुल्य कायम राख्न प्रदेश नं. ५ सरकारले जोड दिएको छ । 

प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले बिहिवार सरोकारवाला पक्ष संग गरेको छलफलमा प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले चाड पर्वका बेला जनताले उपभोग गर्ने दैनिक खाद्य बस्तुहरुमा नियमन गर्ने निकायलाई गुणस्तर मापन गर्ने तर्फ ध्यान पुर्याउन निर्देशन दिए ।

उनले जनताहरु ठगिन नपरोस्, गुणस्तरिय सामाग्री सहज उपलब्ध होस र सुलभ मुल्यमा प्रदेशका सबै जिल्लाहरुमा पाउने ब्यवस्था मिलाउन र बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चाड पर्वका समयमा सरकारी निकाय तथा निजी क्षेत्रका ब्यवसायीक संस्थाहरुले प्रदेश न.५ भरि नै सस्तो बजार लगाउने ब्यवस्था गर्न पनि निर्देशन दिए ।

बैठकले हिन्दु नेपालीहरुको महान चाड वडा दशै, तिहार र छठको बेलामा दैनिक उपभोग्य सामाग्रीहरुमा गुणस्तरियता र सुपथ मुल्य कायम राख्न चाडपर्व लक्षित सुपथ पसलहरु यस बर्ष पनि संचालन गर्न जोड दिएको छ । यसका लागि सबै जिल्लाहरुमा जिल्ला समन्वय समिति मार्फत सबै स्थानिय तहरुलाई अनुरोध गरिने मन्त्रालये जनाएको छ । 

यस्तै सल्टट्रेडिङ, दुग्ध बिकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका संस्थाहरुलाई आफ्ना बिक्रि केन्द्रहरुबाट र सुपथ मुल्य पसल बाट छुट मुल्यमा सहित आपुर्तिको ब्यवस्था मिलाउने समेत निर्णय भएको छ । 

यस्तै सुपथ मुल्यका सहकारी पसलहरुमा चाडपर्वका बेलामा सहज आपुर्तिको ब्यवस्था मिलाउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ब्यवस्था मिलाउने, चाड पर्वको समयमा यात्रुहरुलाई यातायात भाडामा छुटको ब्यवस्था र सेवा बिस्तारको समेत ब्यवस्था मिलाउन भौतिक बिकास मन्त्रालय मार्फत अनुरोध गर्ने समेत निर्णय भएको छ । 

बैठकमा मन्त्रालयमा सचिव धनन्जय पौडेल, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुन्ठ अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष दिपक कुमार पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम हमाल लगायतले चाडपर्वको समयमा जनतालाई उपभोग्य बस्तुमा गुणस्तरियता र मुल्यमा सहजता कायम राख्ने बिषयमा नियमित अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर