‘प्रदेशको अधिकार कटौति हुनेगरी ल्याएका विद्येयक खारेज गर्न सर्वोच्च जान्छौं’

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संविधानको भावना विपरित प्रदेशको अधिकार कटौति हुनेगरी ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालत जाने चेतावनी दिनु भएको छ ।

मुख्यमन्त्री राउतले संविधान विपरित संघीय सरकारले ल्याएको विधेयक स्वतहः खारेज हुने संवैधानिक व्यवस्था भएकाले पनि संविधान विपरित हुने गरी प्रदेश सरकारसँग सम्बन्धित संघीय सरकारले ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिएका हुन् । बिहीबार काठमाडांैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संघीय सरकारले आवश्यक वातावरण नबनाएकाले प्रदेश सरकारले कामै गर्न नसकेको तर्क पनि गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई दिएको वन व्यवस्थापन गर्ने अधिकार कटौति हुने गरी संघीय सरकारले वन विधेयक ल्याएको दृष्टान्त पेश गर्दै यसलाई खारेज गराउन अदालत जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गएपनि सोही अनुसारको मानसिकता संघीय सरकारले नरहेको दावी गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर