साइकल वितरणमा सम्बन्धित क्षेत्रको प्रदेससभा सदस्यलाई सहभागी नगराएको भन्दै बैठक अवरुद्ध 

जनकपुरधाम । प्रदेश सरकारले चलाएको बेटी पढाउ बेटी बचाउ अभियान अन्तरगत गरिएको  साइकल वितरण कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रदेससभा सदस्यहरुलाइ सहभागी नगराइएको भन्दै बैठक अवरुद्ध गरिएको छ ।

प्रदेश सभाको बैठक बसे लगत्तै नेपाली काङ्ग्रेसका प्रदेससभा सदस्यहरुले बैठक अवरुद्ध गरेका हुन ।बैठक बसे लगत्तै  नेपाली कांग्रेसका प्रदेससभा सदस्री शिवचन्द्र चौधरीले ढ्यापढ्याप गरी समय मागे । सभामुखले बोल्न अनुमति दिएपछि उनले प्रदेश सरकारका मन्त्रीहरुले साइकल वितरण गर्दा सम्बन्धित क्षेत्रका प्रदेससभा सदस्यहरुलाई सहभागी नगराएको भन्दै बैठक अवरुद्ध गरेको बताए ।  कांग्रेससँगै प्रमुख प्रतिपक्षी नेकपा र सत्तारुढ दल राजपाकै प्रदेससभा सदस्यहरुले समेत सिटबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।

सभामुख सरोजकुमार यादवले बारम्बार सांसदहरुलाई बस्न आग्रह गरेपनि उनीहरु नमानेपछि सदनमा उठेका सवाललाई सम्बोधन गर्न प्रदेश सरकारको नाउँमा रुलिङ गर्दै दुई दिनको लागि बैठक स्थगन भएको घोषणा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर