• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 09:41 am

संघीय सरकारले प्रदेश र स्थानीय सरकार नभएजस्तो गर्यो : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनको काम तीन वटै तहमा भएपनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तीन वटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतबाट आएका एक युवाको सुर्खेतमा मृत्यु

  • १४ जेठ, २०७७

सुर्खेत । भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती निधन भएको छ । सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं. ३ टुले हाल वडा नं. ५

खाद्य संकट न्यूनिकरण गर्नको लागि बाँझो जमिन जोत्न मुख्यमन्त्री शाहीकाे अपील

  • १३ जेठ, २०७७

सुर्खेत । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले खाद्य संकट न्यूनिकरण गर्न बाँझो जमीनमा खेती गर्न आम कर्णालीबासीलाई अपील गरेका छन् । उनले आज कर्णाली

परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट २ घन्टामै भित्रिए ४५ सय नेपाली

  • १३ जेठ, २०७७

कञ्चनपुर । भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको आज पनि उद्धार जारी छ । पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीबाट आज पनि नेपालीहरुको उद्धार