संघीय सरकारले प्रदेश र स्थानीय सरकार नभएजस्तो गर्यो : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनको काम तीन वटै तहमा भएपनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तीन वटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर