• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 03:10 am

०७० सालदेखि बन्द हुम्डे विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । मानाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । 

गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पारे । उनले सो विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराए ।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो । सो विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सवैको सहयोग जरुरी रहेको पनि बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको

बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

  • १९ श्रावण, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।  १४ साउनमा आएको बाढीमा परी मृत्यु भएका

बाग्लुङमा पहिरोका कारण १३ घरपरिवार विस्थापित

  • १९ श्रावण, २०७७

बागलुङ । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला