• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पृथ्वीमा जस्तै पानी र तापमान रहेको ग्रह भेटियो

एजेन्सी । अन्तरिक्ष वैज्ञानिकहरुले पहिलोपटक पृथ्वीभन्दा बाहिर एक यस्तो ग्रह पत्ता लगाएका छन्, जहाँ मानव जीवनको सम्भवना हुनसक्छ । उक्त ग्रहमा पानी रहेको र मानवलाई चाहिने अनुकस्ल तापमान पनि रहेको बताइएको छ । 

‘नेचर’ नामक पत्रिकाका अनुसार, लण्डनका वैज्ञानिकले उक्त ग्रह पृथ्वीभन्दा दुई गुणा ठूलो आकारको रहेको बताएका छन् । यस ग्रहको तापमान शून्यदेखि ४० डिग्री  सेल्सियसबीच रहेको पनि बैज्ञानिकले बताएका छन् । 

हाल यस ग्रहलाई के२–१८बि नाम दिइएको छ र पृथ्वीदेखि १११ प्रकाश वर्ष टाढा रहेको छ । उक्त ग्रह धेरै टाढा दूरीमा रहेनु खागोलशास्त्रहिरुका लागि एक ठूलो चिन्ता मानिएको छ । दूरी टाढा रहेकाले उक्त ग्रहका बारेमा धेरै जान्न कठिन हुने बताइएको छ । 

यद्यपि, आगामी दशकमा अत्याधुनिक टेलिस्कोपको मद्दतबाट यसबारे अझ बढी जानकारी पत्ता लगाइने वैज्ञानिकको आशा छ । क्यानडास्थित युनिभर्सिटी अफ मोन्ट्रियोलका प्राध्यापक बियर्न बेनेकका नेतृत्वमा यस खोज भइरहेको छ । 

प्राध्यापक बियर्न बेनेक भन्छन्, ‘हामीले पृथ्वीभन्दा बाहिर अर्को ग्रहमा वास्तवमै पानी रहेको र बाफ उडिरहेको देखेको यो पहिलो पटक हो । उक्त ग्रह यस्तो अवस्थामा हुनुपर्छ जहाँ पर्याप्त मात्रामा सूर्यको किरण पुग्न सक्छ, जसरी पृथ्वीलाई मिल्छ । यही कारण हामी यस ग्रहमा मानव जीवन सम्भव देखिरहेका छौँ ।’

वैज्ञानिकका अनुसार, हालसम्म के२–१८बि हाम्रो सौर्यमण्डलभन्दा बाहिर एक्लो एक यस्तो ग्रह हो जहाँ पानीको सम्भावना देख्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर