• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गीतः ऊ आकाशको जून म धर्तीको धुलो 

मन्दिरा मधुश्री

मन्दिरा मधुश्री

ऊ आकाशको जून म धर्तीको धुलो 
उसको र मेरो छ संगम अधुरो । 

सपना हो मीठो ऊ बिउँझदा मर्ने 
सुगन्ध फूलको हो ओइलिँदा झर्ने 
ऊ भ्रम हो मीठो अप्राप्य ऊ हो
सजाएँ ऊ संगै रहर सुनौलो ।

ऊ तिर्खा सधैंको नमेटिने प्यास 
सुदुर छ साथै छ मीठो आभास
माया अनौठो भरोसा बिचित्रै 
धड्कनमा उसैको संगीत मधुरो ।

ऊ आकाशको जून म धर्तीको धुलो 
उसको र मेरो छ संगम अधुरो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर