• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

श्रीमानकै अगाडि रूखसँग विवाह गर्ने ३४ वर्षीय महिला 

एजेन्सी । मानिसहरू प्रकृतिमा धेरै रमाउने गर्छन् । ३४ सालकी एक महिलाले वातावरण संरक्षण गर्नका लागि सामाजिक कार्यकर्ता केट कंनिंघले एल्डर नामक एक प्रजातिको रूखसँग विवाह गरेकी छन् ।

यति मात्र होइन, उनले रूखसँग विवाह गर्न आफ्नो थर नै परिवर्तन गरी केट रोज एल्डर राखेकी छन् । उनलाई रूखसँग विवाह गर्न परिवारले नै सल्लाह दिएका हुन् ।

मर्सीसाइड पार्कमा भएको उनको विवाह समारोहमा उनको पिता, ब्वाइफ्रेन्ड र बच्चालगायत आफन्त सहभागी थिए । केटको अनुसार उनको यो फैसलालाई उनको ब्वाइइफ्रेन्डले पूर्णरूपमा साथ दिएका थिए । सुरुमा उनका जेठा छोरा लजाइरहेका थिए । विवाहमा भने उनी खुसी नै थिए । विवाह समारेहको आयोजक केटका पिता थिए । 

३४ वर्षकी केटले लिथरलैंड को घाटी पार्कमा रहेको एक रूखसँग विवाह गरिन् । उनले विवाह गर्नुको खास कारण भनेको मानिसहरूलाई रूखको महत्त्व बुझाउनु हो । केटले भनिन्– हाम्रो उद्देश्य भनेको स्थानीय मानिसहरूसँग मिलेर घाती पार्क वरपरबाट बन्ने ९ किलोमिटर बाटो जुन रूखहरू मासेर बनाउन लागिएको छ, त्यो रोक्नु हो । 

केटलाई हल्ला भएको ठाउँमा बस्न खासै मन पर्दैन । बाटो निर्माण भएपछि गाडीहरू चल्छ मान्छेको आवातजावत धेरै हुन्छ । त्यसैले उनी स्थानीयसँग मिलेर यो कामलाई रोक्न खोजेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर