• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

झापामा पाँच सयभन्दा बढी डेंगीका बिरामी

झापा । तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगी रोग नियन्त्रणमा आउन नसकेको हो । 

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगीका रोगी पाँच सयभन्दा बढी छन् । उनीहरूको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि संकट आउन सक्छ । 

डेंगी नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलले बताए । स्थानीय तहले डेंगी नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए । 

डेंगीका कारण झापामा हालसम्म दुईजनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको संख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए ।  

झापामा डेंगी पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुरलगायतका नगर डेंगीको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर