• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सप्तरीको हनुमाननगरमा अजिंगर फेला 

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा अजिंगर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिंगर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५–२० केजीको अजिंगर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिंगर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर