• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 09:28 am

आर्थिक अभावका कारण धराशायी बन्दै नारी विकास केन्द्र

जनकपुरधाम । मिथिला चित्रकलाका लागि प्रसिद्ध जनकपुरधामको नारी विकास केन्द्र आर्थिक अभावका कारण अहिले दयनिय अवस्थामा पुगेको छ । कुनैबेला ४० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा मुश्किलले १० देखि १२ लाखसम्मको कारोबार मात्रै गरिरहेको छ । विगत दुई दशक देखि मिथिला चित्रकलाको प्रबद्र्धन र विकासमा टेवामा पुर्याउँदै आएको नारी विकास केन्द्र आफै आर्थिक संकटमा पुगेपछि यसको अस्तित्व नै संकटमा पुगेको छ । 
केन्द्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम कमाए पनि अहिले आशा गरे अनुरुप काम समेत अगाडी बढाउन सकेको छैन ।  केन्द्र स्वयं आफै आर्थिक संकटमा फसेपछि त्यहाँ काम गरेर जिविकोपार्जन गर्नेहरुलाइृ समेत समस्या हुन थालेको छ । कुनै बेला ८५ जना महिला चित्रकारहरु काम गर्ने सो केन्द्रमा अहिले ४० जना महिला मात्रै कार्यरत रहेका छन् । 

नारी विकास केन्द्रभन्दा पछाडी खुलेका कतिपय संस्थाहरु मिथिला चित्रकलाकै माध्यमले आफ्नो बर्चस्वता कायम गरिरहेको छ । तर बाजारमा सस्तो र नक्कली सामानहरु प्रयोग गरेर बनाइएका मिथिला चित्रकलाहरु पाउन थालिएपछि अहिले नारी विकास केन्द्रको अवस्था धरासायी बनेको केन्द्रका प्रबन्धक सतिष साहले प्रतिक्रिया दिएका छन् । 

उनले भने‘ बजारमा नक्कली रंग प्रयोग गरिएका मिथिला चित्रकलाहरु सस्तोमा पाउन थालिएपछि यहाँ बनाइएको चित्रकलाको माग घटेको छ ।’ केन्द्र बाट बनाइएका चित्रकलाको माग नै घटेपछि आर्थिक अभाव भएको प्रबन्धक साहको भनाई छ । विदेशी नारी क्लेयर वर्करको पहलमा स्थापना भएको नारी विकास केन्द्र स्थानीय नारीहरुको कला प्रदर्शन गर्ने महत्वपूर्ण थलोको रुपमा रहँदै आएको छ । ती नारीहरुकै सशक्त कलाका कारण मिथिला चित्रकलाले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित गर्न सफल भएको थियो । 

अहिले जनकपुरधाममा सामुहिक तथा निजीरुपमा समेत महिला देखि पुरुषहरुले समेत मिथिला चित्रकलालाई व्यवसायीकरण गर्दै मनग्य आय आर्जन गर्दै आएका छन् । यस केन्द्रमा तराई मधेशमा भनिएका कथित उच्च जातका महिलादेखि पछाडी पारिएका जातका महिलाहरु समेत एकै ठाउँमा बसेर मिथिला कला, पेन्टिङ्ग र सेरामिकको घरायसी साम्रागीहरु प्रयोग गरेर दिनहुँ मिथिला चित्रकलाहरु तयार पारिदै आएको छ । 

प्राचिन मिथिलाको राजधानी जनकपुरधाम आउने अधिकांश पर्यटकहरु एक पटक यस केन्द्रमा जाने इच्छा राख्ने गरे पनि नीजि क्षेत्रबाट खुलेका संस्थाहरुले तयार पारेका सामग्रीहरु होटेल र लजबाट नै लाने गरेका कारण यस संस्थाको अबस्था दिनानुदिन खस्किदै गईरहेको पाइएको छ । 

कर्मचारी र प्रबन्धकबिचको विवादका कारण धाराशायी

केन्द्रमा दर्जनौ महिलाहरु छन् जो मिथिला चित्रकला बनाएर नै आफ्नो जिविका चलाउँदै आई रहेका छन् । यहाँ कार्यरत्त रहेका कर्मचारी र प्रबन्धक बिचमा देखिएको विवादका कारणले समस्या झनै बल्झिएको नारी विकास केन्द्रकी अध्यक्ष सुधिरा कर्णको भनाई छ ।   यहाँ उत्पादन भएका सामग्रीहरु बिक्री बितरणका लागि राजधानी काठमाडौँ स्थित कला गुठिमा पठाउने गरिएको छ । तर अहिले आएर त्यो पनि बन्द अवस्थामा रहेका कारण कार्यरत्त रहेका महिलाहरुको जिविकोपार्जन गर्न समेत समस्या भईरहेको छ । कारोबार नै सीमित भएपछि तलब उपर गर्न पनि कठिन रहेको प्रबन्धक साहले बताए । 

अर्को तर्फ प्रबन्धकले यहाँ अनियमितता गरेको कारणले गर्दा नै संस्था धरासायी हुने अवस्थामा पुगेको कार्यरत कलाकारहरुको आरोप छ । दिनप्रति दिन संस्था धरासायी हुने गरेको र विदेशी पर्यटकहरु समेत नआउने गरेका कारण यस्तो अवस्थाको श्रृजना भएको चित्रकार सुमित्रा महासेठले बताईन् । 

नेपालमा मैथिली भाषा धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायतका अधिकांश जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरुको बिचमा पाइने कलालाई नै मिथिला लोककला भनिन्छ । यस कलामा खासगरी घरबाट बनाइएका सामग्रीहरुको प्रयोग गरिने गरिन्छ । यसै परम्पराबाट विकसित हुदैंलोकचित्रकला केही आधुनिक स्वरुप ग्रहण गरेको छ । जसलाई मिथिला चित्रकला पनि भनिने गरिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टेलिकम र निगम हाँकेका कंसाकार भन्छन्, ‘अवसर पाए अझै काम गर्छु’

  • १० फाल्गुण, २०७६

काठमाडौं । विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण

बेलायत पढेका, मलेसियामा पढाएका रोहित : जब झापा झरेर एग्राे फार्मिङ गर्नथाले

  • ९ फाल्गुण, २०७६

गौरादह । ‘अब अरु मलाई केही चाहिन्नँ । मेरो गाउँको आर्थिक रुपान्तरण, परम्परागत शैक्षिक प्रणालीमा रुपान्तरण, अनि मानसिकतामा रुपान्तरण गर्नु नै

अमेरिका-तालिवान लडाकूको शान्ति वार्ता : अफगानी शरणार्थीको स्वदेश फर्किने आशा

  • ६ फाल्गुण, २०७६

काबोबायान शिविर(पाकिस्तान) । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उनका दाह्री लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त